गोदावरी खमौराका ३५ वर्षीय पुरुषको करेण्ट लागेर मृत्यु

अत्तरिया, ११ जेठ : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय टिकाराम जोशीको करेन्ट लागेर शुक्रवार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा मोटरको तार जोड्नेक्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.