एमाले गोदावरीको अध्यक्षमा फुलाराको दावी

अत्तरिया : नेकपा एमाले गोदावरी नगर कमिटिको अध्यक्षमा हरिप्रसाद फुलाराले जबरजस्त दावी गरेका छन् । लामो समय राजनीति सगैं शिक्षा क्षेत्रमा रहेर काम गरेका फुलाराले नगर कमिटि अध्यक्षको आफुलाई बलियो दावेदारका रुपमा प्रस्तुत गरेका छन् । आगामी जेठ १५ गते अत्तरियामा हुन लागेको नगर अधिवेशनमा फुलाराले अध्यक्षको दावी गर्ने बताएका हुन् । २०६८ सालमा नेकपा माओवादी केन्द्रको वडा सचिव हुँदै २०७१ मा नगर उपाध्यक्ष तथा २०७४ सालमा पार्टी एकता पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कैलाली जिल्ला कमिटि सदस्य समेत उनि बनेका थिए । एकता पछि एमालेमै रहेका उनि ४ बर्ष भुमिका बिहिन रहे । यस पटक भने नगरको नेतृत्व लिन उनी तयार भएका छन् ।

ब्यवस्थापन र शिक्षा सकांय गरी दुई बिषयमा स्नातकोत्तर गरिसकेका फुलाराले अत्तरियाकै लोटर आई स्कूल र दुर्गा लक्ष्मी माध्यमिक बिद्यालयमा अध्यापन समेत गराउँदै आएका थिए । अब पुर्ण समय राजनीतिलाई दिने उद्देश्य सहित नगरको नेतृत्व लिन तयार भएको उनले बताएका छन् । नेकपा एमाले कैलाली जिल्ला कमिटि अध्यक्ष यज्ञराज ढुगांना टिमबाट फुलारा उमेदवार बनिरहँदा निबर्तमान सचिव तथा अध्यक्षमा पराजित भएका डेजी पाण्डे टिमबाट बर्तमान नगरका कार्यबाहक अध्यक्ष समेत रहेका सन्तोस सिहंले दावी गरेका छन् । नेताहरुले सके सहमतीबाट नेतृत्व चयन गर्ने बताएका छन्, भने सहमती नभए अन्तिम बिकल्प निर्वाचननै रहने बताइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.