मोहन्यालको एक घरमा ग्यास सिलिन्डर पड्किदाँ आगलागी

अत्तरिया : कैलालीको एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वीरबहादुर थापाको घरमा आज शुक्रबार बिहान आगलागी भएको हो ।

कैलाली प्रहरीका अनुसार बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा थापाको एक तले दुई कोठे खरले छाएको कच्ची घरमा आगलागी भएको छ । आगलागीबाट घरसहित घरभित्रका लत्ताकपडा, अन्नपात जल्दा अन्दाजी ४ लाखको क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.