अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरिय लोक गायन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शनिवार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिव सिहं ओलीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।
रबिन कला केन्द्र संगको सहकार्यमा सुदूरपस्चिम प्रज्ञा प्रतिष्ठानले प्रतियोगिता सुरु भएको हो। कार्यक्रममा प्रतिभा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, कृष्णपुर नगरपालिकाका पुर्व नगरप्रमुख कर्ण हमाल, गोदावरी नगरपालिका –१० का वडाध्यक्ष रबिन्द्र शाही (गुड्डुं, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा, महासचिव शंकर खड्का लगायतको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार राशी नगर रु. १५ हजार रहेको छ भने दोस्रो पुरस्कार नगद रु. १० हजार रहेको छ । यसै गरि प्रतियोगितामा तेस्रो हुनेले नगद रु. ७ हजार तथा सान्त्वना स्वरुप नगद रु. ५ हजार राखिएको आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.