अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार अत्तरियामा एक कार्यक्रमका आयोजना गरी संस्थाले १५ औं साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा सञ्चालन भएको साधारण सभाको प्रमुख अतिथि गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । प्रमुख अतिथि नगर प्रमुख भट्टले भने, ‘२०५८ सालमा यस अत्तरिया खानेपानीलाई स्थापना गरेका थियौं । त्यति बेला सारै कठिनाइको अवस्था थियो । त्यतिबेलाको कठिनाई अवस्था देखि जुन अहिले यहाँसम्म पुगेका छौं ।” १,२ र ४ वडाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गर्दै आइरहेको मिहेनतप्रति संस्थाका प्रबन्धक देखि लिएर सम्पूर्ण टिमलाई बधाई व्यक्त गर्दै अत्तरिया खानेपानी संस्थाले विभिन्न ठाउँमा खानेपानीको थप विकास गर्दै आइरहेको क्रममा स्वच्छ पिउने पानी नगरवासी हरुलाई उपलब्ध गराउन सफल भएको साथै एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।
गोदावरी नगरपालिकाका १,२ र ४ नं वडाहरूमा यस खानेपानी संस्थाले उपभोक्ता समक्ष स्वच्छ खानेपानी उपलब्ध गराउँदै आइरहेको योगदान छ । वास्तवमा स्थानीय तह सरकारले गर्न नसकेको कार्य पनि यस संस्थाले गरेको कारणले सम्पूर्ण टीमलाई धन्यवाद उनले आभार व्यक्त गरे । उलने विशेष गरी हामी मानव जातिलाई जती पनि रोगहरू लाग्छ त्यसमा ९० प्रतिशत रोग दुषित खानेपानीको कारणले लाग्दछ यो कुरालाई आत्मसाथ गर्दै नगरपालिकाले सम्पूर्ण वडाहरूमा स्वच्छ खानेपानी उपलब्ध गराई आम नगरवासीलाई स्वच्छ, स्वस्थ र सुखमय जीवन उपलब्ध गराउने प्रतिबद्धता जनाए । ‘सुरक्षित खानेपानी र सरसफाई मानव विकासको आधार पनि मात्र नभई मानिसको आधारभूत आवश्यकता पनि हो’ उनले भने । सुरक्षित खानेपानी र सरसफाई बाट देशकै आर्थिक विकास मा ठूलो टेवा पुगेको छ ।
उनले आगामी दिनहरुमा स्वच्छ खानेपानी नगर क्षेत्रमा नपुगेको ठाउँहरूमा थप सेवा विस्तार गर्नको निमित्त अत्तरिया खानेपानीलाई आग्रह समेत गरे । साथै खानेपानी थप सेवा विस्तार गर्नको लागि गोदावरी नगरपालिका आवश्यक योगदान जहाँ चाहिन्छ सदैव साथमा रहेको प्रतिबद्ध रहेको बताए ।
संस्थाले आर्थिक वर्ष २०७९\०८०को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो । जसका लागि १५ घरधुरी बराबर एक पार्षद सदस्य बनाईएको छ । उक्त आर्थिक वर्षमा संस्थाले विभिन्न कार्यहरु गरेको जनाएको छ । जसअन्र्तगत संस्थाले विभिन्न स्थानमा पाईपलाईन विस्तारको काम गरेको जनाएको छ । त्यसका साथै संस्थाको कार्यक्षेत्र भित्र स्तरोन्नती गर्ने, कार्यालय परिषर भित्र पानी फोहोरा सहितको बगैचा, विद्युतीय सुचना प्रशारण सम्बन्धी गेट, पार्किङ र शौचालय, सतही ढल, गोल घर, विलिङ काउन्टरका साथै बनदेखि मन्दिर देखी आर्यघाट सम्म पाइपलाईन र रिजर्व टंकीको डिजाइन सर्वे गर्ने कार्य गरिएको जनाएको छ ।
संस्थाले उक्त आर्थिक वर्षसम्म १ करोड ५३ लाख ८९ हजार ९ सय ६६।९७ रुपैया बचत गर्न सफल भएको संस्थाको वार्षिक प्रगती प्रतिवेदनको बासलातमा उल्लेख गरिएको छ । जसमा १ ४ करोड १५ लाख ६० हजार २५४ रुपैया आर्थिक कारोबार भएको देखिन्छ, यस पाली १५ करोड ३२ लाख ४४ हजार ९ सय २३ रुपैयाँको कारोबार भएको छ । साधारण सभाको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरप्रवत्ता गोपालदत्त भट्ट, वडा नं। ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायतको सहभागीता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु