बेहडाबाबा मन्दिर धनगढीमा अवलोकनकर्ताको घुँइचो

अत्तरिया : कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएको छ।

धार्मिक रुपमा आस्थाको केन्द्रको रुपमा परिचित बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो।
बेहडाबाबा धार्मिक क्षेत्रको प्रचारप्रशार गर्न प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शीसम्म मेलाको आयोजना हुदै आएको छ। गंगादशहरा मेलामा भारतीय पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ। मेला आयोजनाले बेहडाबाबामा आन्तरिक र बाह्य पर्यटकको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ। बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.