अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडा नजिकै रहेको कल्भर्ट मुनि मोटरसाइकल खसेको छ । मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत रहेको कल्भर्ट मुनी मोटरसाइकल खसेको हो ।
सु.प.प्र ०१०१० प ५५०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्ट मुनि खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा मोटरसाइकल चालक सुमन डगौरा घाइते भएको घटनास्थलमा खटिएका प्रहरीले जानकारी दिएका छन् । उनलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।