कैलालीको कुलरिया कुलोमा डुबेर किशोरको मृत्यु

अत्तरिया : कैलालीको कुलरिया कुलोमा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–५ अमौरामा कुलरिया खर्गौली बड्का बिच्की कुलोको इन्टेकमा लम्कीचुहा–५ थापापुरका १८ वर्षीय कैशाल विष्टको डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कबिन्द्र सिंह बोहराका अनुसार सात जनाको समूहमा गएका उनीहरुमा कैलाश डुबेका थिए। स्थानीय र प्रहरीले उनको उद्धार गरेका थिए। तर, टीकापुर अस्पतालका चिकित्सकले मङ्गलवार साँझ उनलाई मृत घोषणा गरेका हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.