चौधरी फाउण्डेसनद्वारा सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग

अत्तरिया, ५ असार : कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । आज बुधबार एक कार्यक्रमका बिच चौधरी फाउण्डेसन मार्फत शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा त्यहाँ अध्ययनरत ७० जना अपाङ्गत भएका विद्यार्थीहरुका लागि पठनपाठनमा सहयोग होस भनेर कापी, कलम, पेन, वर्णमाला, ज्यामिट्री बक्स प्रदान गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा चौधरी ग्रुपका सुदूरपश्चिम प्रदेश प्रमुख योगेन्द्र भट्टले चौधरी ग्रुपले लामो समयदेखि विभिन्न रुपमा सामाजिक कार्यहरु गर्दै आएकोले अपागंता भएका भएका विद्यार्थीहरुलाई सहयोग÷योगदान गर्न पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सोही कार्यक्रममा चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सका सुदूरपश्चिम प्रदेश प्रमुख नेत्रप्रसाद अर्यालले चौधरी ग्रुपले सामाजिक उत्तरदायित्व अन्तरगत सुप समावेशी विद्यालयलाई छनौट गरेको बताए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्ना बोहराले विद्यालयलाई नमुना विद्यालय बनाउने उद्देश्य रहेको बताउँदै विभिन्न क्षेत्रबाट पाईने सहयोगले यसमा मदत्त मिलिरहेको बताईन् । उनले चौधरी ग्रुपले सहयोग गरेकोमा धन्यावद दिदैं विद्यार्थीहरुलाई अबका दिनमा पठनपाठनमा सहयोग मिल्ने विश्वास व्यक्र गरिन ।
गोदावरी वडा नम्ब २ का वडा सदस्य डबल सिंह साउँदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सस्थापक अध्यक्ष मानबहादुर साउँदले सञ्चालन गरेका थिए । अपाङ्गत भएका बालबालिकाको उचित शैक्षिक आवश्यकतालाई महसुस गरेर प्रदेशमै पहिलो पटक ‘सुप’ समावेशी आधारभूत विद्यालयको स्थापना भएको हो । यो विद्यालयले अपाङ्गत भएका बालबालिकालाई आवास सहित शिक्षाको सुविधा प्रदान गर्न थालेपछि अहिले अपाङ्गता भएका बालबालिकालाई राहत महसुस भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.