अत्तरिया : सुदूरपश्चिमबाट गण्डकी प्रदेश राजधानी पोखरा पुगेका प्रदेश सभा सदस्यहरु र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच विहीवार भेटवार्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशसभा, सामाजिक विकास समितिको अन्तरप्रदेश भ्रमणका क्रममा गण्डकीको पोखरा पुगेका समितिका सभापति शिवराज भट्ट, सदस्यहरु प्रकाश बम, जानकी पौडेल कुँवर, तुलसी देवकोटा र धर्मराज पाठकले प्रदेश प्रमुख भट्टलाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गरे ।
मुलुकका प्रदेशसभाहरुले गरेको कार्यसम्पादन, अभ्यास बुझ्नुका साथै अनुभव आदानप्रदान एवं काममा एकरुपता कायम गर्ने सवालमा भ्रमण फलदायी हुने विश्वास लिएको समितिका सभापति शिवराज भट्टले बताए । उनीहरुले गण्डकीको अभिभावकका रुपमा सुदूरका नेतालाई पाउँदा गौरव महसुस गरेको समेत बताए । प्रदेश प्रमुख भट्टले सुदूरपश्चिमबासीको आशिर्वादले यो स्थानमा रहेको बताउँदै भ्रमण उपलब्धिमूलक रहोस् भनी शुभेच्छा प्रदान गरेका थिए ।
सम्बन्धित पाेस्टहरु