अत्तरिया, ७ असार : धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका ३४ बर्षीय गोपाल थापाको निशुुल्क उपचार गरिदिएको छ ।
घर नजिकैको घाँसको रुखबाट खसेर थापाको हात भाँचिएपछि उनलाई परिवारका सदस्यले निसर्ग हस्पिटलमा ल्याएका थिए । आर्थिक अवस्था निकै कमजोर रहेका थापालाई एक साता सम्म हस्पिटलले निशुल्क उपचार गरेर शुक्रबार डिस्चार्ज गरेको हो ।
हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. श्रीराम खाती, डा. ओमकार बिष्ट, डा. बमबहादुर कुँवर एनेस्थेसियोलोजिस्ट डाक्टर द्वय हेमन्त ओझा र सुनिल भट्ट लगायतको टिमले थापाको भाँचिएको हातको सफल सल्यक्रिया गरेका हुन ।
गोपालकी आमा दिलमाया थापाले हस्पिटल परिवारलाई धन्यवाद दिदै भनिन, ‘हाम्रो त केहि थिएन कोहि थिएन, बिहान बेलुकिको खाना कसरी जुटाउने भन्ने मान्छे यत्रो ठुलो पैसाले कसरी उपचार गर्थेहोला ? मेरो छोराको निशुल्क उपचार गरिदिएर यो हस्पिटलले हामीमाथी ठुलो गुन लगाएको छ ।’
बिरामीका आफन्तले आर्थिक अभाब कै कारण उपचार गर्न समस्या भएको याचना गरेपछी थापाको निशुल्क उपचार गरिदिएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिए । पन्त अस्पतालले अन्य समयमा पनि बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकाहरुलाई उपचारमा सहयोग गर्दै आएको दावी गरे ।
सम्बन्धित पाेस्टहरु