गोदावरी नगरपालिकाको बजेट १ अर्ब २२ करोड बढी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले बजेट सार्वजनिक गरेको हो ।
नगरपालिकाको उपप्रमुख शारदा रोकायाले नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि कुल १ अर्ब २२ करोड ३३ लाख ६५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन । सार्वजनिक गरेको बजेट चालू आर्थिक बर्ष भन्दा कम हो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब २२ करोड ९४ लाख ७० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्ष भन्दा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ लाख ५ हजार रुपैया कम बजेट ल्याएको छ ।
जसमा संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १९ करोड १२ लाख, राजश्व बाँडफाँडमा १८ करोड ७ लाख, समपुरक अनुदानमा १ करोड ४० लाख, विशेष अनुदानमा ४ करोड ३० लाख र सशर्त अनुदानमा ४४ करोड १ लाख ७९ हजार रहने अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरणमा १ करोड ८३ लाख ५६ हजार, राजश्व बाँडफाँडमा ६९ लाख ७७ हजार, समपुरक अनुदानमा १ करोड ५ लाख ७० हजार र विशेष अनुदानमा ३५ लाख रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाले राजश्व बाँडफाँड अन्र्तगत नै घरजग्गा रजिष्ट्रेसनमा ६ करोड ५० लाख, आन्तरिक स्रोतमा १३ करोड ७२ लाख ४३ हजार, विज्ञापन करमा ६ लाख ४० हजार, वन रोयल्टीमा १० लाख र बैंक मौज्दातमा ११ करोड रहने अनुमान गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.