गर्मीमा ज्येष्ठ नागरिकलाई कृष्णपुरमा छाता उपहार

अत्तरिया : कृष्णपुर नगरपालिका-२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा उहाँको अहंम भूमिका रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताए । “पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यसअघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौँ”, उनले भने ।
वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो । त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलब्ध गराउने, सोही ठाउँमा परिचय पत्र नवीकरण गर्ने कार्य सँगै स्वास्थ्य बिमा निःशुल्करुपमा गर्ने व्यवस्था मिलाइएको वडा अध्यक्ष साउदले बताए । यो कार्यसँगै भत्ता बुझन आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्करुपमा औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.