गोदावरी–१० मा ३ महिने कम्प्युटर तालिम समापन

अत्तरिया, १५ असार : गोदावरी नगरपालिका वडा नं १० खमौरमा ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । वडाको आयोजनामा गत चैत महिनामा सञ्चालन भएको ३ महिने आधारभूत कम्प्युटर तालिमको शनिबार समापन गरिएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि कार्यपालिका सदस्य तथा वडा सदस्य ईश्वरी रावलले ३ महिनासम्म लगनशील भएर तालिम प्राप्त गरेको उक्त तालिम सँगै थप कोर्षको प्रयास गरेर उचित सदुपयोग गर्न आवश्यक रहेको बताइन् ।
यस्ता प्रकारका सीपमूलक तालिममा युवा युवतीहरु सहभागी भई आफूले सिकेको सीपलाई व्यवहारमा लागू गरेर आवश्यक ठाउँमा सदुपयोग गर्नु हुन्छ भन्ने आशा रहेको उनले बताईन । उनले वडाले युवा वर्गहरुलाई लक्षित गर्दै यस्ता खालका विभिन्न सीपमूलक तालिमहरुलाई निरन्तरता दिँदै आइरहेको बताइन् । समापन कार्यक्रममा वडा अध्यक्ष रविन्द्र शाहीले युवायुवतीलाई लक्षित गर्दै शिपमुलक तालिम अन्तर्गतबाट वडामा रहेका युवायुवतीहरुलाई ३ महिने आधारभूत कम्पुटर तालिम सञ्चालन गरिएको बताए । उनले शिक्षा, स्वास्थ्य, एकता भए अवश्य विकास हुने सोचले आफू लागी परेको बताए ।
वडाका नानीबाबुहरुले कुनै पनि तालिम सिक्नलाई साइकल चडेर पैसा तिरेर बजार जानुपर्ने हुन्थ्यो यसलाई मध्यनजर गर्दै वडाले आफ्नै टोल गाउँमै विभिन्न पायक पर्दो सीपमूलक तालिम कार्यक्रम आयोजना गरी युवा युवतीहरुलाई प्रदान गर्न सफल भएको बताए । वडाको हरेक समस्याको समाधान साथै युवा वर्गलाई लक्षित उनीहरुको भविष्य सुनिश्चित गर्न लगायत सामाजिक कार्यमा निरन्तर तत्पर हुँदै आइरहेको बताए । यस वडाको जतिपनि चेलिबेटीहरु छन् सम्पूर्णलाई विभिन्न खालका सीपमूलक तालिम प्रदान गरेर पराई घरमा जान उनीहरूलाई परिपक्क बनाएर आफ्नो खुट्टामा उभिन सक्ने तालिमहरुमा वडा सदैव लागि परेको साथै थप सिपमुलक कार्यक्रमहरु अघि बढाउने उद्देश्य रहेको बताए ।


तालिममा सहभागी विद्यार्थी सरस्वती लामाले वडाको तर्फबाट ३ महिना अवधिभर कम्प्युटर सम्बन्धी आधारभूत कोर्ष सिक्न पाउँदा खुसी व्यक्त गरिन । तालिम राम्रो संग सिकेको साथै वडाले थोरै भएपनि सबैलाई पहुँंचमा ल्याउन यस्ता खाले तालिम निरन्तर आवश्यक रहेको बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.