पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनको धर्ना

अत्तरिया : नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ कैलाली शाखामा धर्ना दिएको छ । आज प्रेस युनियन कैलाली शाखा र प्रदेश समितिले सँयुक्तरुपमा धर्ना दिएका हुन् । पाँच बुँदे माग राख्दै धर्ना कार्यक्रमको आयोजना गरिएकोे नेपाल प्रेस युनियन कैलाली शाखाका सचिव शंकर बोहराले जानकारी दिए ।

नेपाल पत्रकार महासंघका कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्नुपर्ने,पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने,क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने,नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने,सदस्यता विवाद टुंग्याएर नेपाल महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्नुपर्ने प्रेस युनियनको माग रहेको उनले बताए । माग पूरा नभएसम्म धर्ना जारी रहने उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.