धौलीगंगा बाँध खोलिने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले आज असार २९ गते बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोल्ने सूचना यसअघि नै दिइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्नका लागि बाँध खोल्ने बिषयमा नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपाउन दार्चुला र बैतडीका स्थानीय प्रशासनले आग्रह गरेका छन् । भारतले बर्षातको समयमा सफाइ गर्ने भन्दै बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो ।
परियोजनाको सिल्ट सरसफाइका लागि धौलीगंगा पावर स्टेशनले यो बर्ष दोश्रो पटक बाँध खोल्न लागेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.