अत्तरिया : कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ५ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित “डोटी जोरायल थापा होटल”बाट अनैतिक क्रियाकलापमा संलग्न पुरुष र महिला तथा “मष्टामण्डाली सुदूर पश्चिम होटल”बाट होटल सञ्चालक पुरुषसहित एक पुरुष र महिला पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनीहरुलाई शनीबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनामाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।