अछाममा चट्याङ लागेर २ जना घाइते

अछाम : अछाममा दुई जना चट्याङ लागेर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामीगाउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन्।

तुलेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.