डोटीमा भाइले कोदालो प्रहार गरी दाजुको गरे हत्या

डोटी : डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले जानकारी दिए ।

नरबहादुरलाई प्रहरील सोमवार नै नियन्त्रणमा लिइसकेको छ। सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए।
घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.