अत्तरिया, १३ कात्तिक : कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशबराज पन्तलाई उम्मेदवार बनाउने भएको छ । आउँदै गरेको मंसिर १६ गते हुने उप निर्वाचन हुँदैछ ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको मंगलबार बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य केशबराज पन्त लाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रबक्ता सुरत बहादुर रावत डोटेली कान्छाले जानकारी दिए ।
निर्णय पश्चात उम्मेदवार पन्तलाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरुले शुभकामना दिएका थिए । जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा यहि मंसिर १६ गते निर्वाचन हुँदैछ ।
सम्बन्धित पाेस्टहरु