बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

बैतडी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको काटेको खर थुपार्ने क्रममा लेक भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। उनी करीब एक सय मिटर तल खसेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.