डोटी : डोटीको पूर्विचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार मोहन थापा ४६८ मत पाएर विजयी भएका छन् । सो वडामा प्रतिद्न्द्धी नेकपा (एमाले) का देव थापाले ३०१ मत पाए । यस्तै नेकपा ( माओवादी केन्द्र) का देवीलाल थापा २६, राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवर ३१ मत पाएका छन् ।
८३९ मत खसेको सो वडामा १३ मत बदर भएको जिल्ला निर्वाचन आयोगले जनाएको छ । तत्कालिन वडाअध्यक्ष पुष्पराज जोशीको निधनपछि सो पदमा उपनिर्वाचन भएको हो । जोशी पनि कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष हुन।