अत्तरिया, १० पुस : दृष्टि फाउन्डेसन नेपालले अक्षय कोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । महायज्ञ माघ २ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा नेपालकै कान्छी कथा वाचिका नौ वर्षीया अनुराधा पाण्डे वाचन व्यासको रुपमा उपस्थित हुनेछन् ।
दृष्टि फाउन्डेसन नेपाल र यज्ञ सञ्चालन मूल समितिद्वारा आयोजित यस महायज्ञले असहाय, अनाथ, र विपन्नलाई गाँस, बास, र कपास जुटाउनको लागी आयोजना गर्न लागीएको हो । महायज्ञको उद्देश्य दृष्टि फाउन्डेसनको दैनिय अवस्थालाईसहयोग पु¥याउनु रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टले फाउन्डेसनको अवस्था अत्यन्त नाजुक रहेको बताइन् । उनले महायज्ञलाई विशेष बनाउन सबैलाई तन र मनका साथ योगदान गर्न आग्रह गरिन् । सामाजिक अभियन्ता मनिराज जोशीले मानव जीवनको उद्देश्य अरूको सहारा बन्नुमा रहेको बताए । ‘कमाएको धनको केही अंश सामाजिक कार्यमा लगाउनु पर्छ ।’ असहाय बालबालिकालाई सहयोग गर्नु ठूलो कुरा हो, उनले भने ।
कार्यक्रममा अनिल भोजनीयाले पनि मानव जीवनको सामाजिक र नैतिक दायित्वलाई स्मरण गर्दै सबैलाई महायज्ञ सफल पार्न आग्रह गरे । उनले दृष्टि फाउन्डेसनको उद्देश्यलाई साकार बनाउन सबैलाई जुट्न आग्रह गरे ।
सम्बन्धित पाेस्टहरु