अत्तरिया, २६ माघ : मानवसेवा आश्रमले कैलालीको धनगढीमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा शनिबार २१ लाख १८ हजार रूपैयाँ बराबर दान संकलन संकलन भएको छ ।
धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएको महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्नेहरूको उत्साहजनक सहभागिता रहेको छ ।
त्यस्तै शनिबार महायज्ञमा बेलौरी नगरपालिका–४ कञ्चनपुर निवासी पदमा शाही बिष्टद्वारा स्वर्गीय श्रीमान अमिर बिष्टको स्मृतिमा धनगढीमा शाखाको एक कोठा निमार्णका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ योगदान भएको छ । धनगढी उपमहानगरपालिका–१६, कैलाली निवासी नन्दलाल जैसीले वृद्धभत्ताको रकम कटाएर १ लाख १० हजार रूपैयाँ महायज्ञमा दान गरेको हो ।
त्यस्तै कैलालीको चुरे गाउँपालिकाले भवनको एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गरेको छ । धनगढी उपमाहनगरपालिका–४ कैलाली निवासी हरिबहादुर कार्की र शुशिला कार्कीले स्वर्गीय बुवा रत्नबहादुर कार्की र आमा सरस्वती कार्कीको स्मृतिमा भवन निर्माण सेवाका लागि ५५ हजार ४ सय २२ रूपैयाँ दान गरेको छ । गोदावरी नगरपालिका–१, कैलाली निवासी भानुभक्त जोशीले स्वर्गीय पितृहरुको स्मृतिमा ५५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–३ कैलाली निवासी भोजनराज पाठक र पुनीदेवी पाठकले ५१ हजार २१ रूपैयाँ योगदान गरेको हो ।
धनगढी उपमहानगरपालिका–५, निवासी श्यामराज श्रेष्ठ र बिमला श्रेष्ठले पितृहरुको स्मृतिमा २५ हजार ५ सय ५५ रूपैयाँ, मायादेवी शर्माले १५ हजार ५ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–४, कैलाली निवासी बलदेवप्रसाद भट्ट र कलावती भट्टले २१ हजार १ सय ११ रूपैयाँ, धनगढी उपमहानगरपालिका–८, कैलाली निवासी लक्ष्मीदेवी सिंहले १५ हजार ५१ रूपैयाँ दान गरेर सहयोग गरेके छ ।
धनगढी उपमहानगरपालिका–२, निवासी शान्ति जोशीले पितृहरुको स्मृतिमा १५ हजार ५ सय ५ पाँच रुपैयाँ, लम्किचुहा नगरपालिका–५, कैलाली जानकीदेवी बिष्टले १० हजार १ सय ५५ रूपैयाँ, गोदावरी नगरपालिका–१, कैलाली निवासी प्रतापसिंह महराले स्वर्गीय बुवा लालसिंह महराको स्मृतिमा १० हजार १ सय २५ रूपैयाँ, धनगढी उपमहानगरपालिका–१, लक्ष्मीनगर, कैलाली निवासी दुर्गाबहादुर कार्कीले भवन निर्माण सहयोगार्थको १५ हजार १ सय ५५ रूपैयाँ दान गरेको हो भने भवन निर्माण सहयोगार्थ शिवपुरी धाम नारी जागरणको अध्यक्ष एवम् नेशनल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको मूख्य व्यवसाय प्रवन्धक गीता मल्लले १५ हजार १ सय ५५ रूपैयाँ योगदान गरेको छ ।
धनगढी उपमहानगरपालिका–१५ कैलाली निवासी दलबहादुर रोकायाले १२ हजार ३ सय रूपैयाँ, धनगढी उपमहानगरपालिका–६ कैलाली निवासी केशवदत्त जोशीले स्वर्गीय बुवा चन्द्रदत्त जोशीको स्मृतिमा भवन निर्माणका लागि १५ हजार ५० रूपैयाँ, धनगढी उपमहानगरपालिका–७ कैलाली निवासी यमकला कुँवरले ५ हजार १ सय १० रूपैयाँ, धनगढी उपमहानगरपालिका–३, निवासी शिवप्रसाद पौडेलले १५ हजार १ सय ६५ रूपैयाँ, भवन निर्माणका लागि उद्धव सिंह सेठी र महेश्वरीदेवी सेठीले ५ हजार ५ सय ५५ रूपैयाँ, भिमदत्त बिनाडी उपाध्यायले ५ हजार ५ सय ५ रूपैयाँ, गणेशप्रसाद अधिकारी ५ हजार ५ सय ५५ रूपैयाँ, नारायणी जोशीले ५ हजार १५ रूपैयाँ, गोदावरी नगरपालिका–१४, कैलाली निवासी शान्ति बिष्टले पितृहरुको स्मृतिमा ५ हजार ५ रूपैयाँ, रणबहादुर शाहीले ५ हजार ५५ रूपैयाँ दान गरेको हो ।
त्यस्तै सन्त परमानन्द (कृष्ण मन्दिर) द्वारा ५ हजार १ सय रूपैयाँ, गोदावरी नगरपालिका–५, कैलालीस्थित स्वाभिमानी समूहद्वारा भवन निर्माण सहयोगार्थ ५ हजार १ सय २५ रूपैयाँ योगदान भएको छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाको २०७५ साल मंसिर १ गते धनगढी –५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेको हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । माघ २३ गतेदेखि सुरू भएको महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुने आश्रमले जनाएको छ ।
महायज्ञमा शनिबार वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया र वरिष्ठ हास्य कलाकार किरण के.सीकोको सहभागिता रहेको थियो भने आज पनि कलाकार के.सीको महायज्ञमा प्रस्तुति समेत रहनेछ ।
सम्बन्धित पाेस्टहरु