अत्तरिया, ३० साउन : किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार संस्थाको १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी अध्यक्ष राधा कुमारी विष्टको अध्यक्षतामा आयोजित साधारण सभामा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको प्रमुख अतिथि थिए ।
सभामा प्रमुख अतिथि जोशीले “सबैका लागि एक र एकका लागि सबै” भन्ने सहकारीको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनले किसान कृषि सहकारी संस्था भएको कारण कृषि ऋणको सदुपयोग गरी आम्दानी बढाउनुका साथै संस्थालाई रकम बुझाउनु ऋणीहरूको जिम्मेवारी भएको बताए । उनले सहकारी संस्थाले सदस्यलाई सहज रूपमा सेवा उपलब्ध गराउँदै जीवनस्तर र आर्थिक वृद्धि गर्ने काम गर्दै आएको बताए । सीप सिक्न, व्यवसायसँग जोडिन र उत्पादनशील कार्यमा लाग्नका लागि सहकारीले सहज रूपमा ऋण उपलब्ध गराउँदै आएको उनले बताए ।
जोशीले सहकारीको सफलताका लागि सञ्चालन समितिको बुद्धि–विवेक, कर्मचारीको कर्मठता र शेयर सदस्यको इमानदारी अत्यावश्यक हुने धारणा व्यक्त गरे । कोरोना कालदेखि आर्थिक मन्दीको चुनौती सामना गर्दै पनि किसान कृषि सहकारीले आफ्नो अस्तित्व जोगाउन सफल भएको भन्दै उनले प्रशंसा गरे ।
सहकारी संस्था बचतकर्ताको पैसा हिनामिना गर्ने भन्ने गलत धारणा अस्वीकार गर्दै उनले भने “सहकारी संस्था कसैको पैसा खाएर भाग्नका लागि होइन सेवा सुविधा उपलब्ध गराउँदै नियम र सिद्धान्तअनुसार सञ्चालन गर्नका लागि हो ।” साथै अरू सहकारीको गतिविधिमा मात्र ध्यान नदिई आफ्नै सहकारीले विधिपूर्वक र सिद्धान्तअनुसार काम गरिरहेको छ कि छैन भन्नेमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाकी अध्यक्ष राधा कुमारी विष्टले गरेकी थिइन् । वार्षिक गतिविधि सँगै आयव्यय प्रस्तुत संस्थाकी प्रबन्धक सुना रोकायाले गरेकी थिइन् । यस्तै सभामा प्रबन्धक सुना रोकायाले किसान कृषि सहकारी संस्था नाफामुखी नभई सेवा मुखी संस्था रहेको बताईन् । संस्थामा आबद्ध सदस्यहरूलाई सेवामुखी तरिकाले सहज रुपमा सेवाहरु उपलब्ध गराउँदै आईरहेको बताउँदै “हाम्रो संस्थाले सेवा शुल्क बिनानै सदस्यहरूलाई सर्वसुलभ ब्याजमा जीविकोपार्जन गर्न सहज बनाउन ऋण उपलब्ध गराउँदै आईरहेको बताईन् ।
उनले आर्थिक रूपमा कमजोर भएका सदस्यहरूलाई रोजगारमुखि बनाउन साथै जीवनस्तर उकास्न सहज बनाउने उद्देश्यले ऋणमा लगायत सेवाहरु उपलब्ध गराउँदै आईरहेको बताईन् । संस्थाले विशेष गरी महिलाहरुको जीवनस्तर उकास्न सहजीकरणको लागि सहकारीमा आबद्ध सदस्यहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । साथै सदस्यहरूलाई कृषि तर्फ उन्मुख गराई अर्गानिक खेती तर्फ आकर्षित गराउने उद्देश्य लिएको उनले बताईन ।
यस्तै संस्थाको आ व ०८१र०८२ को आयव्यय प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रबन्धक सुना रोकायाले २०७२ साल मा २७ जना शेयर धनीहरु मिलेर स्थापना गरी संचालनमा ल्याएको यस सहकारी संस्थामा हाल १ हजार ९ सय ३९ जना शेयर सदस्यहरु रहेको बताईन् । यस्तै संस्थाको कुल शेयर पूँजि ५२ लाख ५० हजार ५ सय रहेको र जगेडा कोषमा २२ लाख ८० हजार ३८२ रुपैँया रहेको साथै ३ करोड ५५ लाख ७६ हजार ६६० रुपैयाँ कर्जा तर्फ लगानी गरेको छ । साथै यस आर्थिक वर्ष निक्षेपमा २ करोड ७२ लाख १६ हजार ५३६ रुपैयाँ बचत संकलन रहेको जुन गत वर्षको भन्दा २४ लाख बराबरको रुपैयाँले बृद्धि भएको प्रबन्धक रोकायाले बताइन् ।
यस किसान कृषि सहकारीमा सदस्यहरूले विश्वास गरिएकोमा आभार प्रकट गर्दै उनले कुनै आच नाउने कुनै हित विपरीत नजाने प्रतिबद्धता व्यक्त गरिन् । यस्तै साधारण सभाम संस्थामा बचत ऋणमा उत्कृष्ट कारोबार सदस्यहरूलाई सम्मान गरिएको थियो। जसमा उत्कृष्ट बचकर्तामा हेमराज भट्ट र असल ऋणीमा विष्णु देवी एरलाई सम्मान गरिएको थियो ।
संस्थाकी लेखा समिति सदस्य शान्ति पन्त फुलारा स्वागत् मन्तव्य सँगै सञ्चालन गरिएको सभाको कार्यक्रम सञ्चालन कर्मचारी सरोज ठगुन्नाले गरेका थिए ।
सम्बन्धित पाेस्टहरु