अत्तरियाको मानाङ्क सहकारीको १४ औं वार्षिक साधारण सभा

अत्तरिया, २० भदौ : गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेयको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष तथा कृषि विकास बैंक अत्तरिया शाखाका पूर्व प्रबन्धक केशवदत्त जोशी रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केशवदत्त जोशीले सहकारीलाई अझ पारदर्शी, विश्वासिलो र सदस्य मैत्री बनाउनका लागी संस्थाले निरन्तर प्रयास गरिरहेको बताउँदै बचत, लगानी र सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारी सशक्त बन्ने बताए । यस्तै सभामा प्रमुख अतिथि दिव्यराज जोशीले भने ‘सबैका लागी एक र एकका लागी सबै भन्नु नै सहकारी हो । स्थानीय स्तरमा छरिएर रहेको पूंजी, श्रम, शिपलाई केन्द्रित गरी सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहज गर्नु नै सहकारीको मुख्य उद्देस्य रहेको छ ।’
सभामा संस्थाको आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेयले गरेका थिए । सभामा वित्तीय विवरण सार्वजनिक गरिएको थियो ।

साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले हालसम्म उल्लेख्य प्रगति गरेको छ । संस्थाको शेयर पुँजी रु. २ करोड २९ लाख ८७ हजार ५ सय रहेको छ भने निक्षेप तर्फमा १२ करोड ७० लाख २६ हजार ७ सय ९९ रुपैयाँ बचत संकलन गरेको छ । जुन गत वर्षको तुलनामा १ करोड ६५ लाख बढीले वृद्धि भएको हो । यसैगरी ऋण लगानी १५ करोड २९ लाख ६७ हजार ७ सय रुपैयाँ र तरलता रकम रु. ३ करोड ३६ लाख ३९ हजार २ सय ५० रुपैयाँ पुगेको प्रतिवेदमा उल्लेख छ । संस्थाको कुल सम्पत्ति २१ करोड ९५ लाख ८९ हजार ७४ रुपैयाँ पुगेको संस्थाको प्रतिवेदनमा जनाइएको छ । सहकारीमा हाल ७ सय २ जना शेयर सदस्य रहेका छ्न् ।

संस्थाले यस वर्ष १८ लाख ३१ हजार १सय ७५ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाका कर्मचारी कमल सिंह विश्वकर्माले कार्यक्रम सञ्चालन गरेको सभामा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य बालकृष्ण भट्टराईले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.