संगम सहकारी संस्थाको साधारण सभा, कारोबारमा वृद्धि

अत्तरिया, २१ भदौ : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा प्रधान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर विष्टको सभापतित्वमा आयोजित साधारण सभामा प्रमुख अतिथि संस्थाका शेयर सदस्य ज्येष्ठ नागरिक चीन बहादुर चन्द रहेका थिए भने विशिष्ठ अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहेका थिए ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत अध्यक्ष चन्द्रबहादुर विष्टले गरेका थिए । साथै सभामा संस्थाको आय व्यय विवरण सार्वजनिक गरिएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार २०७५ सालमा ३० जना शेयर सदस्यहरुबाट संचालन ल्याइएको उक्त सहकारी संस्थामा हाल आव ०८१/०८२ मसान्त सम्ममा आइपुग्दा १ हजार ९ सय १९ जना शेयर सदस्यहरु पुगेका छन् भने १ करोड ५३ लाख ३७ हजार २ सय संस्थाको शेयरपुँजी रहेको छ । संस्थाले यस वर्ष १७ करोड ६२ हजार ९ सय २७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेकमा उक्त कारोबारबाट सस्थाले ८ लाख ५७ हजार ९ सय ९ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै संस्थाले कर्जा तर्फ १३ करोड १४ लाख २० हजार ११३ रुपैयाँ ऋणमा लगानी गरेको छ भने निक्षेप तर्फ १० करोड ६१ लाख ८३ हजार ८३५ रुपैयाँ बचत संकलन गरेको छ ।
संस्थाले सदस्यहरूको सेवामा निरन्तर केन्द्रित भएर सदस्यहरूको माग, अपेक्षा बुझेर कार्य गर्दै आइरहेको छ । संस्थाले साधारण सभाको अवसरमा संस्थामा आबद्ध सदस्यहरु मध्ये प्रोत्साहान स्वरूप उत्कृष्ट बचत कर्ता, असल ऋणी, उत्कृष्ट उद्यमी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट कृषक समूहलाई सम्मान सहित पुरस्कार वितरण गरेको थियो ।
केन्द्रीय कार्यालय अत्तरिया रहेको संस्थाले थप कैलाली जिल्लाको धनगढी र कञ्चनपुर जिल्लाको गुलरियामा संस्थाको सेवा केन्द्रको विस्तार गरी सदस्यहरूलाई निरन्तर रूपमा सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै संस्थाका कार्यकारी प्रमुख अम्मर बहादुर कुँवरले सञ्चालन गरेको सभाको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सुनिल विष्टले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.