अत्तरिया : धनगढीदेखि पोखरा गईरहेको बस दुर्घटना भएको छ । धनगढीदेखि पोखराका लागि छुटेको ग २ ख १९०७ नम्बरको बस धनगढी बोराडाँडीमामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार घाइतेमध्ये ४ जनाको माया मेट्रो अस्पता, २ जना निसर्ग अस्पताल र १ जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
१९ जना सवार रहेको उक्त बसमा सात जना घाइतेको मात्र जानकारी आएको अन्यको विवरण खुल्न नसकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित पाेस्टहरु