घट्यो पेट्रोलको मूल्य

अत्तरिया  : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.