सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो

अत्तरिया : शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुग्यो, जुन नयाँ कीर्तिमान हो। सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार १०० रुपैयाँले बढेको हो।
चाँदीको मूल्यमा पनि वृद्धि भयो, तोलामा ३ हजार ३५० रुपैयाँ पुग्यो। काठमाडौँ । सुनको मूल्य शुक्रवार तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।

जसअनुसार शुक्रवार सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ । सुन १० ग्रामकै २ लाख २१ हजार १९५ रुपैयाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैबिच शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.