मौरीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ६ स्थित मौरीफाँटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिबार खानेपानीका संस्थापक अध्यक्ष सुरेश भट्टराई सभाध्यक्षतामा आयोजित कृष्णपुर नगरपालिका नगर प्रमुख हेम राज ओझा प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा खानेपानीका कोषाध्यक्ष शेर बहादुर रोकायाले २०७८ साल देखी १८२ साल सम्मको आय व्यय प्रस्तुत गरेका थिए।
समितिले आर्थिक वर्ष २०८१\०८२ मा १ करोड ३ लाख ६३ हजार ८६९ रुपैयाँ बराबरको कारोबार गरेको छ। खानेपानी समितिले ४३९ जना उपभोक्ताहरुलाई शुद्ध पानी वितरण गर्दै आइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.