अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा दर्शकहरुको उल्लेख्य उपस्थिति
भोली र्यापर जीबब र गायक हिमाल सागरको बेजोड प्रस्तुति रहने
अत्तरिया : अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा दर्शकहरूको घुइँचो देखिएको छ। शनिबार महोत्सव वाहिर र भित्र सबै तिर भिडभाड रह्यो । टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीले शनिबारका दिन ९ हजार हाराहारी दर्शकहरूले महोत्सव अवलोकन गरेको जानकारी दिए ।

शनिबार चर्चित र्यापर जी बबको प्रस्तुति तय गरिएको थियो। मौसम खराबीका कारण फ्लाइट ल्याण्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको आयोजकले जानकारी दिएको छ। आयोजक टोलीले यस असुविधा प्रति दर्शकहरूसँग क्षमायाचना गर्दै र्यापर जी बबको प्रस्तुति आइतबारका लागि सारिएको जनाएको छ।

र्यापर जी बबले पनि मौसमको खराबीका कारण फ्लाइट अवतरण हुन नसक्दा अत्तरियामा उपस्थित हुन नसकेको बताउँदै भिडियो सन्देश पठाएका छन्। उनले आइतबार उपस्थित भएर दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने वाचा गर्नेछन।

यस्तै आइतबार र्यापर जी बब सँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ।