ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा रक्तदान, धनगढीमा ५१ पिन्ट रगत संकलन

अत्तरिया : ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले सातवटै प्रदेशका ९ वटा शाखा कार्यालयमार्फत एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।

यसैक्रममा धनगढीमा आयोजित रक्तदान कार्यक्रममा ग्लोबल आईएमई बैंक सुदूरपश्चिम प्रदेश प्रमुख महेश सिलवालसहित ५१ जना रक्तदाताले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका रक्तदान सद्भावना दूत दीपक उपाध्यायको प्रेरणादायी उपस्थिति रहेको थियो। उनले सम्पूर्ण स्वयम्सेवी रक्तदाताप्रति आभार व्यक्त गर्दै पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई ‘आइ एम अ ब्लड डोनर’ लेखिएको ब्याच लगाइदिएका थिए। ग्लोबल आईएमई बैंकले यस प्रकारका सामाजिक कार्यमार्फत मानव सेवामा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.