जनसेवा बहुउदेश्य सकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न

अत्तरिया, २९ पुस : अत्तरियामा मुख्य कार्यालय रहेको जनसेवा बहुउदेश्य सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । उत्कृष्ट ऋणी, बचतकर्तालाई सम्मान र संस्थाको समीक्षा गर्दै साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको प्रमुख अतिथि सहकारी प्रशिक्षक देवराज पन्त रहेका थिए ।

उनले कार्यक्रममा सहकारीको साधारण सभा बचत कर्ता र शेयर सदस्यका लागि एक उत्सव भएकाले विशेष ध्यान दिन आग्रह गरे । उनले पारदर्शीताका लागि सहकारीको विकास भएको उल्लेख गरे । उनले भने, ‘पैसा बचत बैंकहरुमा पनि गरेका हुन्छौँ तर, उसले आफ्नो साधारण सभामा कहिले पनि बचत कर्तालाई खवर गर्दैन । तर, सहकारी संस्थाले सबैलाई बचत कर्तालाई जम्मा गरेर आफ्ना कार्यक्रमहरु सञ्चालन गरेको हुन्छ । त्यसले गर्दा सबैले अधिकार सहकारीबाट पाउन्छन् ।’

कार्यक्रममा सहकारीका प्रबन्ध निर्देशक राजेश मल्लले संस्थाको आयव्यय सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०८१÷०८२ को ८४ लाखको कारोबार भएको उल्लेख गरेका थिए ।
उनले सहकारी कम पुँजि र न्यून आय भएका व्यक्तिलाई समट्ने गरी स्थापना भएको हुँदा संस्थालाई त्यसै अनुसार अगाडि बढेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष जनकसिंह भाटले एक बर्षमा नै राम्रो उपलब्धी गर्न सफल भएको बताए । अत्तरियामा मुख्य कार्यालय रहेको संस्थाको धनगढीमा समेत शाखा कार्यालय राख्न सफल भएको उनले बताए । उनले शेयर सदस्यहरुलाई आफ्नो कमजोरीहरुलाई सच्याउन अनुरोध समेत गरे ।

कार्यक्रममा स्वतन्त्र मजदुर संघ सुदूरपश्चिमका अध्यक्ष ललित चन्दले केहि सहकारी सञ्चालकका कारण सहकारीमा आवद्ध हुन हिचकिचाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले यस जनसेवा सहकारीमा यातायात मजदुरहरुलाई पनि समट्न आग्रह गरे ।
धनगढी शाखाबाट उत्कृष्ट बचतकर्ता उज्जलबहादुर बोहरा, टेकबहादुर भुलरक्षेत्री, सुदिथ बसुवा, दिनेश नेपाली, मोहनसिंह धामी, सुरज कोली, दिनेश राना, सुनिल नेपाली र विनिता जोशीलाई सम्मान गरेको हो ।

यस्तै अत्तरिया शाखाबाट उत्कृष्ट बचतकर्ताहरुमा कामना गुप्ता, कुमारी सरस्वती ठगुना, सर्मीला आचार्य, बन्धना पोखरेल, धर्म भटट्राई, नन्दा अधिकारी, दिलबहादुर टमाटा, ताराप्रसाद सापकोटा, पुरुन स्वाँर, गौरी शंकर सापकोटा, निसा बोहरा, जयन्तीदेवी रोकाया, मानव सोपकोटा, धनादेवी कार्की, सनिल कार्की सतपाल सिंह हमाल, रेनु चौधरी, इमान अहमद, पश्चिम स्टार यातायात प्रालि र देव यातायात प्रालिलाई पनि सम्मान गरेको छ । कार्यक्रमका अतिथिहरुबाट खादा तथा कदरपत्र दिएर सम्मान गरेको हो  ।

त्यस्तै गरी उत्कृत मुद्धति रकम राखेर सहयोग पुगाउनेलाई पनि सम्मान गरेको छ । दिनेश साउँद, लक्की शाह, शोवित खड्का र रञ्जना कार्कीलाई सम्मान गरेको हो । उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको छ । जितेन्द्र बहादुर स्वाँर र राजेन्द्र बहादुर थापालाई सम्मान गरेको हो ।
उद्घोषीका अनिता धामीले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका कोषाध्यक्ष नरेश बोहराले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.