सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो

अत्तरिया : नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घटेको हो। अघिल्लो दिन आइतबार तोलामा १८ हजार ८०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन १३ हजार ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ‌ओरालो लागेको छ। यसदिन चाँदी तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला चाँदी ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.