कैलालीका एमाले सुदूरपश्चिमका नेता भट्टले पार्टी छाडे

धनगढी । नेकपा एमालेका नेता महादेव भट्टले पार्टी परित्याग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश कमिटीका सल्लाहकार परिषद् सदस्य समेत रहेका भट्टले एमालेको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

भट्ट २०४१ सालदेखि वाम राजनीति हुँदै २०४८ सालमा एमालेमा प्रवेश गरेका थिए। उनले स्थानीय तहदेखि जिल्ला तहसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै काम गरेका थिए। २०५४ सालमा साबिक कैलपालमाण्डौ गाविसको उपाध्यक्षमा निर्वाचित भएका उनी पछि कार्यवाहक अध्यक्ष समेत बनेका थिए।

पछिल्लो समय पार्टीको सिद्धान्त र व्यवहारमा भिन्नता, नेतृत्वको कार्यशैली र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै उनले पार्टी छाड्ने निर्णय गरेको बताएका छन्। अब आफू कुनै दलमा आबद्ध नरही स्वतन्त्र नागरिकका रूपमा रहने उनको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.