अछाम : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने भएका छन् ।
रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै आइतबार अछामको मंगलसेनमा रास्वपाका शाहलाई समर्थन गर्ने सहमति गरेका हुन् ।
‘उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई रास्वपाका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने…,’ सहमति पत्रमा भनिएको छ ।
रावलले अब आफू शाहलाई जिताउन लाग्ने बताए । ‘म अब उहाँलाई जिताउनका लागि लाग्नेछु । नयाँ नयाँ मिलेर पुरानालाई हराउनुपर्छ भन्ने हो । मेरोभन्दा उहाँको राम्रो देखियो । तर म समेत उम्मेदवार हुँदा मत काटिन सक्ने जनगुनासो आएकाले समर्थन गर्ने निर्णय लिएको हुँ,’ उनले भने ।
यस्तै भूपदेव शाहले पनि आफूहरूले मतदाताको चाहनाअनुसार सहमति गरेको बताए । ‘म निर्वाचित भए पछि हामी दुबै जनाको एजेन्डालाई अगाडि बढाउने छु,’ उनले भने । उनले पालिका तहमा पार्टीलाई बलियो बनाउन नवनियुक्त सभापतिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
यसअघि पनि विभिन्न सञ्चारमाध्यममा आवद्ध रहेर पत्रकारिता गरिसकेका चौधरीले आफ्नो अनुभवलाई पार्टी निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।