पूर्व विद्यार्थी मञ्च दुर्गा लक्ष्मी नमुना माविको हाफ म्याराथन दौड र मित्र मिलन कार्यक्रम

अत्तरिया  : पूर्व विद्यार्थी मञ्च, दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयको आयोजनामा भएको २०८२ को हाफ म्याराथन दौड र मित्र मिलन कार्यक्रम सम्पन्न भएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट कार्यक्रमको उद्घाटन गरेका हुन । उनले यस्ता कार्यक्रमले साथित्व र पुराना सम्झना दोहोरिने बताए। दौड र मित्र मिलन कार्यक्रमले सबै सहभागीमा उत्साह र उल्लास सिर्जना गरेको थियो।

कैलालीको अत्तरियामा दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको आयोजनामा फागुन ७ गते भएको म्याराथन प्रतियोगिता भव्यतासँग सम्पन्न भएको छ। “दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि” नारासहित आयोजना भएको दौडमा विद्यालयका पूर्व विद्यार्थी, पुरुष र महिला धावकले उत्साहपूर्वक सहभागिता जनाए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई पुरस्कार वितरण गरिएको छ। प्रथम पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैया, द्धितिय पुरस्कार १५ हजार ५ सय ५५ र तृतिय पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाँ तय गरिएको थियो। महिला धावकका लागि विशेष पुरस्कार ५ हजार ५ सय ५५ प्रदान गरिएको आयोजक प्रेमराज भट्टले जानकारी दिए।

प्रतियोगिता दुर्गालक्ष्मी नमुना माविबाट गोदावरी पुलसम्मको मार्गमा सम्पन्न भयो। दौडपश्चात गोदावरी धाममा पूर्व विद्यार्थीहरूका लागि पिकनिक कार्यक्रम आयोजना गरिएको थियो। मञ्चका संयोजक भट्टले म्याराथन कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने र विद्यालय–पूर्व विद्यार्थी बीचको सम्बन्ध अझ प्रगाढ बनाउने योजना रहेको बताए। पूर्व विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी र पत्रकारको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताइएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.