कैलाली क्षेत्र नं. ४ मा काँग्रेसको लहर, झिलका १० युवा पार्टीमा प्रवेश

अत्तरिया : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ को अभियानले युवापुस्तामा उत्साह थपिएको छ ।
यही क्रममा गौरीगंगा नगरपालिका–३, झिलका १० जना जेन–जी युवा औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।
झिल वासुदेवमा आयोजित विशेष कार्यक्रममा उम्मेदवार आनन्दले नवप्रवेशी युवाहरूलाई टीका र खादा लगाएर स्वागत गरे । प्रवेश गर्नेहरूमा खेम थापा, जनक सिंह, विकाश साउद, राम साउद, सुरेश साउद, नवीन साउद, सुदन साउद, विक्की चौधरी, शेरबहादुर थापा र रुपेश जोशी रहेका छन् ।
कार्यक्रममा बोल्दै आनन्दले युवाहरूको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यास सुदृढ हुने र विकासको यात्रामा नयाँ ऊर्जा थपिने बताए । नवप्रवेशी युवाहरूले शिक्षा, रोजगारी, पूर्वाधार र पारदर्शी नेतृत्वका स्पष्ट एजेन्डाका कारण आफूहरू कांग्रेसमा आबद्ध भएको जनाउँदै ‘रूख’ चिन्हमा मतदान गरी आनन्दलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन नजिकिँदै जाँदा युवापुस्ताको बढ्दो झुकावले क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीय विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.