एमाले संगठित सदस्यले छोडे पार्टी, कांग्रेसमा प्रवेश

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१०, सिमडी निवासी नेकपा एमालेका संगठित सदस्यहरू डबल विक र जोगी बिकले पार्टी परित्याग गर्दै पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

केही दिनअघि मात्रै नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका उनीहरू फेरि एमाले परित्याग गर्दै कांग्रेसमा फर्किएका हुन्। स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनीहरूलाई कैलाली नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री टेकबहादुर रैका र महाधिवेशन प्रतिनिधि भीमबहादुर बलायरले टीका तथा खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले पार्टीभित्र विचार, नीति र संगठन सुदृढीकरणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका थिए। नवप्रवेशीहरूले पनि कांग्रेसको विचार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्थानीय तहमा पार्टीगत गतिविधि तीव्र बन्दै गएको सन्दर्भमा यस प्रवेशलाई कांग्रेसले संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.