कैलालीको गोदावरीमा भोट हाल्न जाने क्रममा २ जनामाथि कुटपिट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– १ मा २ जनामाथि कुटपिट भएको छ । बिहिबार मतदान गर्न जाने बेला स्थानीय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो ।

निर्वाचनका लागि मतदान गर्न श्रीमानश्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए । उनले वडा नं। १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.