छोरा ऐन महरले एमालेबाट चुनाव जित्दा बाबु रामबहादुर कांग्रेसबाट निष्कासित

धनगढी : नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल किसान संघ बझाङका पूर्वजिल्लाअध्यक्ष रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ । चुनावमा कांग्रेसका उम्मेदवार विरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा कांग्रेसले महरलाई निष्काशित गरेको छ भने ४ जनालाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको आचरण, अनुशासन र विधान विपरीत कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही विरुद्धको गतिविधिमा संलग्न भएर अन्य दलका उम्मेदवारलाई मत मागिरहेको प्रमाण प्राप्त भएकाले जिल्ला समितिले महरलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको छ ।

बझाङमा नेकपा एमालेबाट ऐन महर निर्वाचित भएका छन् । कांग्रेस नेता रामबहादुर एमालेबाट चुनाव जितेका ऐनका बाबु हुन् ।

नेपाली कांग्रेस बझाङ जिल्ला अनुशासन समिति संयोजक वर्कबहादुर रोकायाले गरेको सिफारिसमा कांग्रेस जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र तरुण दल केन्द्रीय सदस्य रवि कुमार सिंहलाई स्पष्टीकरण माग्ने सिफारिस गरेको छ ।

चित्त बुझ्दो जवाफ नआएको खण्डमा कारबाही गर्न समेत सिफारिस गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.