जमुनानगरको दुर्गा भवनी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका ७,जमुनानगरमा रहेको दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ।

रोजगारीको सिलसिलामा मकाउ बस्दै आउनु भएकी बिना अधिकारीले हेमा श्री फाउन्डेसन नेपालका कार्यवहाक अध्यक्ष हेमन्त बाजे तथा कोसाध्यक्ष लछ्मी बोगटी कुँवरको रोहवरमा विद्यार्थीहरु ५५ थान झोला वितरण गरिएको हो।

आफ्नो जन्मदिनमा भोज भतेर लगायत विभिन्न काम गरेर अनावश्यक खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई थप पढाईप्रतिको हौसला जागरण गराउन झोला प्रदान गरिएको अधिकारीले जानकारी दिईन। विना अधिकारी रोजगारीको सिलसिलामा देश भन्दा बाहिर रहेपनि विद्यालयमा अध्ययनरत गरिव, विपन्न, जेहेन्दार एबम् अनाथ बालबालिकालाई झोला वितरण गरि जन्मदिन मनाउन पाउँदा उहाँ अत्यन्तै खुशी भएको र आगामी दिनहरुमा विद्यार्थी भाईवहिनीहरुलाई शैक्षिक सामग्री सहयोग गर्ने बताएको हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त बाजेले बताए।

झोला वितरण कार्यक्रममा समाजसेवी तथा युवा नेता लोक राज पाण्डे (आगो) ,कोसाध्यक्ष लछ्मी बोगटी कुँवर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दानबहादुर बोगटी, शिक्षक शिक्षिका,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

झोला वितरण कार्यमा बोल्दै वक्ताहरुले विद्यार्थी भाईवहिनीहरुलाई पढाइमा प्रोत्साहन कार्य र जन्मदिनमा शैक्षिक सामग्री सहयोग गर्नु अत्यन्तै राम्रो काम भएकोमा प्रसंसा गरे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.