धनगढी । कञ्चनपुरमा जीप र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत वेदकोट नगरपालिका ७ को लालपुरमा से १ च १४०५ को जीप र म २ प ३५०६ को मोटरसाईकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।
उनका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।