धनगढी : चैतन्य पाठशाला धनगढीको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस सुरु भएको छ । चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव सुरु, विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गरेको छ । कार्यक्रम शनिबार पनि जारी रहने भएको छ ।
शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजज्यूको प्रेरक उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको हो । जसको सभाध्यक्षता पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीले गरेका हुन ।
कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । साथै कार्यक्रममा प्रभातफेरी देखिनै विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिएका छन् र भोली सम्म सांस्कृतिक तथा अन्य प्रस्तुतिहरू निरन्तर रहने छन् ।
रजत जयन्तीको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका २ सय बढी व्यतित्तहरुलाई सम्मान रहेको पाठशाला परिवारले जनाएको छ ।
चैतन्य पाठशालाले धनगढीमा मात्र नभई समग्र सुदूरपश्चिम क्षेत्रको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पु¥याएको पाठशालाका प्रमुख सल्लाहकार तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार प्रा.डा हेमराज पन्तले बताए ।
शिक्षामा संस्कार आजको आवस्यक्ता रहेको र आजको युगमा शिक्षा केवल कागजको पानामा सीमित रहेको कारण यसलाई प्राविधिक ज्ञान र जीवन उपयोगी बनाउन जरुरी रहेको बेला चैतन्यको यो प्रयासले केही भए पनि शिक्षामा सकारात्मकता ल्याउने मा आफू विश्वस्त रहेको बताए ।
समाज परिवर्तन गर्ने जिम्मेवारी सबैको भएको र चैतन्य पाठशालाले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए । यो वर्ष समेत चैतन्य साधना पुरस्कार अन्तरगत शिक्षा, साहित्य, खेल, समाज र अन्य विभिन्न क्षेत्रमा आफ्नो जीवन व्यतीत गरेका दर्जन बढीलाई सम्मान गरिने उनले बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल तथा सरोकारवालाहरूको पनि उल्लेखनीय उपस्थिति रहेको छ । विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै आज कार्यक्रममा अवस्थित सञ्चार क्षेत्र साहित्य क्षेत्र शिक्षा क्षेत्र लगायतका सयौँ जना लाई सम्मान गरिएको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधि आयोजना गरिन र भोली समेत विभिन्न सम्मान जारी रहने उनले बताएका छन् ।