चैतन्य पाठशालाको रजत जयन्तीमा युवा नेता ‘आगो’ सम्मानित

अत्तरिया : कैलालीमा रहेर समाज सेवा तथा राजनीति गर्दै आएका युवा नेता लोक राज पाण्डेय ‘आगो’ सम्मानित भएका छन् । धनगढीको चैतन्य पाठशालले आफ्नो २५ औं वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसर पारेर आगो लगायत शनिबार दर्जनौँ व्यक्तिलाई सम्मान गरेको हो ।

विशेष गरी सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समय देखि सामाजिक कार्य गर्दै आएका आगोलाई सम्मान गरेको पाठशालाले जनाएको छ । समाजसेवामा प्रेरित गर्ने कार्यमा उहाँको उल्लेखनीय भूमिका रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताए । आगो लामो समय देखि सामाजिक कार्यमा सक्रिय युवामा पर्दछन् ।

यस्तैगरी पाठशालाले अत्तरियाको सिर्जनसिल युवा क्लवका अध्यक्ष नरबहादुर राई, ग्रिन गोदावरीको अभियानकर्ता पुस्कर शर्मा, साहित्यकार निर्मलकुमार भण्डारी लगायतकालाई सम्मानित गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.