राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त, सर्वोत्कृष्ट पेन्ट्सलाई सफलता

धनगढी । सर्वोत्कृष्ट पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्रले कम्पनीका उत्पादन अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा, स्वास्थ्य तथा वातावरणीय मापदण्ड अनुसार रहेको पुष्टि गरेको छ । साथै उत्पादन प्रक्रिया, प्रविधि तथा गुणस्तर नियन्त्रण प्रणालीमा कम्पनीको प्रतिबद्धता समेत झल्किएको उल्लेख गरिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक नवीन प्रसाद भट्टले सम्पूर्ण टिमको मेहनत, समर्पण र ग्राहकप्रतिको जिम्मेवारीका कारण यस्तो उपलब्धि हासिल भएको बताए । उनले आगामी दिनमा अझ उच्च गुणस्तरका उत्पादन बजारमा ल्याई उपभोक्ताको विश्वास कायम राख्ने प्रतिबद्धता जनाए ।

सर्वोत्कृष्ट पेन्ट्सले उच्च गुणस्तर, नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उत्पादन विस्तार गरिरहेको जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा डिलर नेटवर्क विस्तार गर्ने तथा सेवा सहज बनाउने योजना समेत अघि बढाएको छ । कम्पनीले आफ्ना ग्राहक, साझेदार तथा सरोकारवालाहरूलाई सहयोग र विश्वासका लागि धन्यवाद व्यक्त गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.