सेती र कर्णाली नदीमा १२ दिने जलयात्रा उत्सव सुरु

धनगढी । सेती र कर्णाली नदीमा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ । आयोजनामा १२ दिने जलयात्रा महोत्सव सोमबारदेखि सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको हो ।

महोत्सवले जलयात्रा गर्न सुदूरपश्चिम आउने आन्तरिक तथा बाहय पर्यटनहरुलाई जलयात्रा (-यापटिङ्ग) का लागि अनुकुल वातावरण सृजना गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ प्रमुख डबलबहादुर बोहराले बताए ।

उनले जलयात्रा महोत्सव कार्यक्रममा विभिन्न देशका बिदेशी पर्यटक गरी २५ जना सहभागीको सहभागिता रहेको बताए । जलयात्रा गर्ने टोलीसँग २५ जना नेपाल जलयात्रा (-यपटिङ्ग) गाइड, चालकहरुको सहभागी रहेको बोहराले बताए ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रामा आकर्षण गराई रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको बताए ।

प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइको रु. ७ लाख ५० हजारको लागतमा डोटीको बोगटान फुड्सिल गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका, सुर्खेतको पन्चपुरी नगरपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका बर्दियाको सहकार्य र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा उक्त महोत्सव आयोजना गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.