धनगढी : डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा सोमबार राति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परेका जीप चालक समेत रहेका सुबोध रोकायाको घटनास्थलमै ज्यान गएको हो।
प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो। दुर्घटना राति करिब साढे १२ बजे भएको हो।