अत्तरियामा टिभिएसको स्मार्ट एक्सचेञ्ज मेनिया

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा टिभिएसको स्मार्ट एक्सचेन्ज मेनिया सञ्चालन भएको छ । टिभिएस मोटर्सको अत्तरियाका लागि आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले चैत ८ गतेदेखी अत्तरिया बसपार्कमा स्मार्ट एक्सचेन्ज मेनिया सञ्चालन गरिरहेको हो । एक्सचेन्ज मेनिया यही चैत १३ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्षलाई ध्यानमा राखेर टिभिएसले ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै सो एक्सचेन्ज मेनिया सञ्चालनमा ल्याएको बागेश्वरी मल्टिमोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए । उनका अनुसार एक्सचेञ्जमा प्रत्येक खरिद कर्तालाई ७ हजार सम्म छुट दिईने, बजारमा गरिएको भ्यालुएसन मुल्यांकनमा ८ हजार सम्म थप गर्ने, हेलमेट निःशुल्क उपलब्ध गराउने लगायतका सेवासुविधाहरु रहेका छन ।

बजारको आवश्यकतालाई मध्यनजर गरेर सुरु गरिएको सो एक्सचेन्ज मेनियामा नागरिकता र लाईसेन्सको आधारमा फाइनान्सको सुविधा पनि रहेको साउँदले बताए । बजार विस्तार संगै यस क्षेत्रका ग्राहकहरुलाई सहज होस भनेर एक्सचेञ्ज मेला संचालनमा ल्याईएको उनले बताए । उनले ग्राहकहरुको चाहना अनुसारका टिभिएस कम्पनिका विभिन्न डिजाईन एवम् मुल्य बराबरका मोटरसाईकल तथा स्कुटीहरु एक्सचेन्ज मेलामा राखिएको बताए ।

त्यसबाहेक इलेक्ट्रिक स्कुटीहरु पनि एक्सचेन्ज मेलामा राखिएको छ। उक्त स्कुटीहरुले एकदमै किफायती मुल्यमा गुणस्तरयुक्त सेवासुविधा दिने विश्वास साउँदको छ । एक्सचेन्जका लागि जुनसुकै कम्पनिको मोटरसाईकल वा स्कुटी पनि ल्याउन सकिने उनको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.